काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा आज हरियाली छाएको छ वाणिज्य बैंकले ब्याजदर घटाएको प्रभाव शेयर बजारमा देखिएको हो ।
आजको कारोबारमा पाँच कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक दर्जनभन्दा बढी कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट नजिकपुगेको छ ।
आज नेप्से परिसूचक ५४.५४ अंकले बढेर २१७५.१७ अंकमा पुगेको छ । आज विभिन्न कम्पनीका २३ लाख ३७ हजार कित्ता शेयर ८ अर्ब २ करोड ३८ लाख ६२हजार ४०६ रुपैयाँमा किनबेच भएको छ । २१४ वटा कम्पनीको शेयर मूल्य बढ्दा ३१ वटाको घटेको छ भने २ वटाको स्थिर छ ।
सबै समूहको उपसूचकमा हरियाली देखिएको छ । लगानी, माइक्रोफाइनान्स र जलविद्युत कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ ।
आजको कारोबारमा बुटबल पावर कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, हिमालयन पावर पार्टनर, एनआरएन इन्फ़्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, नेपाल वेयरहाउसकम्पनीको शेयर मूल्यमा सकारात्मक सर्टिक लागेको छ ।
प्रतिक्रिया दिनुहोस्