बेल्जियम। नेपाली जनसम्पर्क समिति बेल्जियमले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्धर्बमा आयोजित अन्तरकृया सहित जलपान कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रीय पदाधिकारीहरुलाई सम्मान गरेकोछ ।
नेपाली काङ्रेसका संस्थापक नेता बिश्वेस्वर प्रशाद कोइराला भारतमा लामो निर्बासन पछि राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर बिक्रम सम्बत २०३३ सालमा नेपाल फर्किएको सन्धर्ब पारेर नेपाली जनसंपर्क समिति बेल्जियमले एक कार्यक्रमको आयोजना गरि बेल्जियमबाट प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारी लगायतलाई सम्मान गरेको हो ।
कार्यक्रममा गैर आबासीय नेपाली संघका केन्द्रीय पदाधिकारीहरु उपाध्यक्ष गंगाधर गौतम, सचिब लोक दाहाल, सल्लाहकारहरु सुबाश जोशी , प्रेम गुरुङ , चित्र सुबेदी , आइसिसी सदस्य मदन दवाडी तथा एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटा र निर्वाचन समितिका सदस्य सचिब बिनोद न्यौपानेलाई सम्मान गरिएको हो ।
बेल्जियममा स्थापित बैचारिक संगठनका अध्यक्ष एबम प्रतिनिधीहरु लगायत सामाजिक संघ संस्थाका प्रतिनिधि उपस्थित कार्यक्रममा नेपालको बर्तमान अबस्थामा सबै शक्तिको एकता र मेलमिलाप अझ बढि आबस्यक भएको बक्ताहरुले बताएकाछन । नेपालमा बिभिन्न राजनीतिक पार्टी र समुदायको एकता जस्तै प्रबासमा पनि सामुहिक हितका लागि गैर आबासीय नेपाली संघमा पनि एकता र मेलमिलापको आवस्यकता रहेकोले यथासिघ्र आबस्यक छलफल र बहस गरेर प्रबासका सबै नेपालीलाई एकजुट बनाउनु पर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्