Skip to content
Prabhu

रिलायन्स स्पिनिङ मिल्सको आइपीओ संस्थागत लगानीकर्तालाई माघ १० देखि खुल्ला

 

काठमाडौं । बुक बिल्डिङ प्रणालीबाट सार्वजनिक निष्कासन(आइपीओ) जारी गर्न लागेको रिलायन्स स्पिनिङ मिल्सले योग्य संस्थागत लगानीकर्तालाई माघ १० देखि बिक्री खुल्ला गर्ने भएको छ । 

बुक बिल्डिङ प्रणालीबाट आइपीओ निष्कासन गर्ने रिलायन्स दोस्रो कम्पनी हो । 

रिलायन्सले १९ लाख २६ हजार ६०० कित्ता सेयर बुक बिल्डिङ प्रणालीबाट जारी गर्न लागेको हो । 

जसमा ४० प्रतिशत अर्थात सात लाख ७० हजार ६४० कित्ता सेयर बोलकबोल प्रक्रियाबाट योग्य संस्थागत लगानीकर्तालाई बिक्री गर्न लागिएको हो । 

बोलकबोलका प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म बिक्री मूल्य सीमा कायम भएको छ ।

संस्थागत लगानीकर्ताले सो सीमाभित्र रहेर बोलकबोल मार्फत आइपीओ किन्ने छन् । संस्थागत लगानीकर्ताले बोलकबोल प्रक्रियामा किनेको सेयर मूल्यबाट कटअप प्राइस निकालिने छ । जसमा कटअपभन्दा बढी माग गर्ने माग अनुसार सेयर बाँडफाँड हुन्छ । संस्थागत लगानीकर्ताको आइपीओ बाँडफाँड भएपछि कटअप प्राइसमा १० प्रतिशत घटाएर सर्वसाधारणको लागि सेयर बिक्री खुल्ला हुन्छ । 

बुक बिल्डिङबाट आइपीओ निकाल्न लागेको रिलायन्स स्पिनिङ मिल्सले विद्युत् प्राधिकरणलाई एक अर्ब ९४ करोड महशुल बक्यौता बाँकी रहेको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal