Skip to content
Prabhu

धितोपत्र बोर्डलाई विद्युत् प्राधिकरणको पत्र, बक्यौताको रकम हेरेर प्रिमियम मूल्य मा आइपीओ ल्याउन दिनु

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सेयर बजारको नियामक निकाय धितोपत्र बोर्डलाई टं्रकलाइन र डेडिकेटेट लाइनको बक्यौता रहेका उद्योगहरुको विवरण पठाएको छ । 

प्राधिकरणले पुस २५ गते धितोपत्र बोर्डलाई महशुल बक्यौता रहेका उद्योगहरुको विवरण पठाएको हो । 

महशुल बक्यौता रहेका उद्योगहरुले प्रिमियम मूल्यमा आइपीओ ल्याउन थालेपछि प्राधिकरणले यसको जानकारी वित्तीय विवरणमा उल्लेख गर्न अनुरोध गर्दै पत्र लेखेको हो । 

बक्यौता रहेका उद्योगले प्रिमियम मूल्यमा आइपीओ ल्याउने र त्यसको जानकारी सर्वसाधारणलाई नहुँने भएको हुँदा धितोपत्र बोर्डलाई पत्र लेखिएको प्राधिकरणका एक अधिकारीले जानकारी दिए । 

प्रधानमन्त्रीको निर्देशनमा बक्यौता रहेका उद्योगको विजुलीको लाइन काटेको प्राधिकरण प्रधामन्त्री पुष्पकमल दाहाल‘प्रचण्डको’ प्रस्तावमा नै सर्बोच्च अदालतका पूर्व न्यायधीश गिरिसचन्द्र लालको संयोजकत्वमा आयोग गरेपछि काटेका उद्योगमा विजुली जडान गरेको हो । 

अहिले बुक बिल्डिङ प्रणाली मार्फत आइपीओ निष्कासन गरेको सर्वोत्तम सिमेन्ट विजुली बक्यौता ७३ करोड २२ लाख छ । सर्वोत्तममा योग्य संस्थागत लगानीकर्ताले सेयर भरिसकेका छन् भने अहिले उद्योग प्रभावित र वैदेशिक रोजगारीमा गएकाहरुलाई आइपीओ बिक्री खुल्ला भएको छ । सर्वोत्तमको आइपीओ भर्न प्रतिकित्ता ३६० रुपैयाँ लाग्छ भने न्यूनतम ५० कित्ता आइपीओ भर्नुपर्छ । 

प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्न लागेको जगदम्बा स्टिलको बक्यौता रकम चार अर्ब छ । जगदम्बाले एक सय रुपैयाँमा दुई सय रुपैयाँ प्रिमियम मूल्य थपेर प्रतिकित्ता तीन सय रुपैयाँको दरले आइपीओ निष्कासन गर्न लागेको छ । 

बुक बिल्डिङमार्फत आइपिओ निष्कासन गर्न लागेको रिलायन्स स्पेनिङ मिल्सको बक्यौता रकम एक अर्ब ९४ करोड छ । रिलायन्स स्पेनिङले   प्रकित्ता ६०८ देखि ९१२ रुपैयाँसम्ममा आइपीओ निष्कासन गर्न लागेको छ ।

पछिल्लो समयमा सिमेन्ट र डण्डी उद्योगहरु प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने प्रक्रियामा लागेका छन् । धेरैजसो सिमेन्ट र डण्डी उद्योगको नै विजुली बक्यौता छ । 

यद्यपी उद्योगहरु भने प्राधिकरणले आफ्नो नाफा बढाउनको लागि आफूहरुले प्रयोग नै नगरेको विजुलीको बिल पठाएको दाबी गर्दै आएका छन् । 

सरकारको निर्णय अनुसार विजुलीको बक्यौताको विवाद लाल आयोगले टुंगो लगाउने छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal