Skip to content
Prabhu

कैलाश हेलिकप्टरले सर्वसाधारणमा सेयर जारी गर्ने

काठमाडौं । कैलाश हेलिकप्टरले सर्वसाधारणमा सेयर जारी गर्ने भएको छ । कैलाश हेलिकप्टर सर्भिसेस् लिमिटेडले आफ्नो जारी पुँजी ३५ करोड रुपैयाँको १० प्रतिशत अर्थात् १०० रुपैयाँ अंकित दरको ३ लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

 

कैलाश हेलिकप्टरको तर्फबाट प्रबन्ध सञ्चालक प्रतापजङ्ग पाण्डे तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कवीन्द्र ध्वज जोशीले बुधबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

३ करोड ५० लाख रुपैयाँ सेयर पुँजी बराबरको १०० रुपैयाँ अंकित दरको सेयर सर्वसाधारणहरूलाई प्रिमियम मूल्यमा जारी गर्ने कम्पनीले जनाएको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal