Skip to content
Prabhu

लक्ष्मी सनराइज बैंकको सञ्चालकमा मनोजकुमार भट्टराईसहित ४ जना निर्वाचित

काठमाडौं । लक्ष्मी सनराइज बैंकको सञ्चालकमा मनोजकुमार भट्टराईसहित चार जना  निर्वाचित भएका छन् । बैंकको पुस २६ गते बिहीबार सम्पन्न २३औं वार्षिक साधारणसभाबाट भट्टराई सञ्चालकमा निर्वाचित भएका हुन् । 

उनी बैंकका संस्थापक सेयरधनीको तर्फबाट सञ्चालकमा निर्वाचित भएका छन् । भट्टराईमा बैंकिङ र बिमामा साढे ३ दशक लामो अनुभव छ। उनले प्रमुख कार्यकारी अधिकृतको रूपमा नेपाल लाइफ इन्स्योरेन्स र तत्कालीन प्राइमलाइफ इन्स्योरेन्सको सफल व्यवस्थापकीय नेतृत्व गरेका थिए । 

संस्थापक सेयरधनीकै तर्फबाट सो साधारणसभाले रमण नेपाललाई सञ्चालक चयन गरेको छ । सर्वसाधारण सेयरधनीका तर्फबाट स्वाती रुंगटा र दिनेश पौड्याल सञ्चालक निर्वाचित भएका छन् । नवनिर्वाचित सञ्चालक समितिका सोही दिन सम्पन्न बैठकले रमण नेपाललाई कम्पनी सञ्चालक समितिको अध्यक्ष नियुक्त गरेको छ । 

उक्त साधारणसभाले सञ्चालक समितिको प्रतिवेदन तथा आर्थिक वर्ष २०७९÷८० को वित्तीय विवरण पारित गरेको छ । आर्थिक वर्ष २०७९÷८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पनि साधारणसभाबाट पारित भएको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal