Skip to content
Prabhu

मिर्मिरे लघुवित्तले सार्वजनिक गर्यो दोस्रो त्रैमासको वित्तीय विवरण








काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । सो लघुवित्तले आज बुधबार पुस मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेको हो।


मिर्मिरे लघुवित्तको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा खुद नाफा ४१.४८ प्रतिशतले घटेर ३ करोड ४० लाख ५ हजार रुपैयाँमा सीमित भएको छ । 


अघिल्लो वर्षको ६ महिनामा यसले ५ करोड ८१ लाख ८ हजार रुपैयाँ नाफा कमाएको थियो । सोही अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेकाले नाफा प्रभावित भएको हो । खुद ब्याज आम्दानी २५.८४ प्रतिशतले घटेर १७ करोड ८५ लाख ५५ हजार रुपैयाँमा सीमित भएको छ । 


सोही अवधिमा यसले २४ करोड ७ लाख ७२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यता, सञ्चालन नाफा पनि ४१.४८ प्रतिशले घटेर ४ करोड ८५ लाख ७९ हजार रुपैयाँमा सीमित भएको छ ।


पुस मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ६६ करोड ५७ लाख ६४ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी १० रुपैयाँ २२ पैसा र प्रतिसेयर नेटवर्थ १ सय ६४ रुपैयाँ  ४१ पैसा छ । खराब कर्जा ४.५१ प्रतिशत रहेको छ ।  
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal