Skip to content
Prabhu

गरिमा विकास बैंकद्वारा नयाँ बचत खाता सार्वजनिक

काठमाडौँ । गरिमा विकास बैंकले ग्राहकहरूका लागि ‘गरिमा फाइभ इन वान बचत खाता’ सेवा सार्वजनिक गरेको छ । यो बचत खातामा ग्राहकहरूले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, मेरो सेयरको र सि आस्वा सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

उक्त खाताअन्तर्गत ग्राहकहरूले न्यूनतम १ हजार रुपैयाँमा खाता खोली निःशुल्क सेवाअन्तर्गत मोबाइल बैंकिङ, वेव बैंकिङ, एटीएम,  सि आस्वा तथा गरिमा क्यापिटल र सेयर ब्रोकर कम्पनीहरूबाट  डिम्याट ,सेयर ट्रेडिङ र मेरो सेयर खाता साथै लकरमा  ५० प्रतिशतसम्म छुटको सुविधा रहने बैंकले जनाएको छ । 

यस सेवामार्फत नयाँ तथा पुराना ग्राहक महानुभावहरूले गरिमा विकास बैंकका कुनै पनि शाखाबाट सहजै खाताहरू खोल्न सक्ने बैंकले जनाएको छ ।

गरिमा विकास बैंकले ग्राहकहरूलाई सहज र सरल रूपमा डिजिटल सेयर ट्रेडिङ प्लेटफर्मसमेत उपलब्ध गराउने उद्देश्यले यो सेवा प्राराम्भ गरेको हो । 

उक्त  विकास बैंकले नेपालको विभिन्न सहरी तथा ग्रामीण जिल्लाहरूमा १ सय २३ शाखा कार्यालय  र ५१ एटिएमबाट ग्राहकहरुलाई बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal