Skip to content
Prabhu

टाटा मोटर्सले ४०० किमी माइलेज भएको विद्युतीय एसयूभी सार्वजनिक गर्दै

एजेन्सी । भारतीय कम्पनी टाटा मोटर्सले आज विद्युतीय एसयूभी पञ्च सार्वजनिक गर्दैछ । एक पटक पूरा चार्ज भइसकेपछि तीन सयदेखि चार सय किलोमिटरसम्म गुड्ने दाबी गरिएको यो कार भारतमा आजदेखि बुकिङ हुनेछ । 

भारतीय सञ्चारमाध्यमका अनुसार यो भारतको सबैभन्दा सानो एसयूभए हुनेछ । यो एसयूभी पञ्चको प्रतिष्पर्धा सिट्रोएन इसी३सँग हुनेछ । कम्पनीका अनुसार अहिले यो दुई वटा स्ट्यान्डर्ड र लङ रेञ्ज भेरियन्टमा प्राप्त हुनेछ । स्ट्यान्डर्डमा २५ किलोवाट आवर र लङ रेञ्जमा ३५ किलोवाट आवर ब्याट्री प्याक अप हुनेछ । स्ट्यान्डर्डमा  ३.३ किलोवाट एस चार्जर हुनेछ भने लङ रेञ्जमा ७.२ किलोवाट एसी चार्जरसँगै १५० किलोवाट डीसी चार्जिङ पनि हुनेछ ।

स्ट्यान्डर्ड पञ्च इभी ५ ट्रिम्समा स्मार्ट, स्मार्ट प्लस, एड्भेञ्चर, एम्पावर्ड र एम्पावर्ड प्लसमा उपलब्ध हुनेछ । जसमा पाँच डुअल टोन कलरमा पनि उपलब्ध गराइनेछ । साथै लङ रेञ्जमा तीन वटा ट्रिम एड्भेञ्चर, एम्पावर्ड र एम्पावर्ड प्लसमामा उपलब्ध हुनेछ । साथै चार डुअल टोन कलरमा उपलब्ध गराइनेछ । 

यो टाटा कम्पनीका लागि चौथो विद्युतीय एसयूभी कार हुनेछ । भारतीय बजारमा यसलाई १० लाख भारुदेखि १३ लाख भारुसम्म बिक्री गरिनेछ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal