Skip to content
Prabhu

सडक विभागले पाँच कम्पनीलाई सोध्यो– ठेक्का किन नतोड्ने ?

global
अर्घाखाँची सिमेन्ट

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग अन्तर्गतको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन भक्तपुरले पाँच निर्माण कम्पनीलाई ठेक्का किन नतोड्ने भन्दै लिखित स्पष्टीकरण माग गरेको छ । 

आज एक सूचना जारी गर्दै कार्यालयले निर्माण कम्पनीले समयावधिभित्र निर्माण सम्पन्न नगरेको, यसअघि काम सम्पन्न गर्नका लागि मौखिक, टेलिफोन, पत्राचार तथा केही ठेक्काको हकमा सार्वजनिक सूचनामार्फत जानकारी गराइएकोमा सम्पर्कमा नआएको, कार्यप्रगति सन्तोषजकन नभएकाले उक्त ठेक्का  किन नतोड्ने भन्दै प्रश्न गरेको हो । 

कार्यालयले लामा कन्स्ट्रक्सन एण्ड सप्लायर्सले ग्वार्को-लाकुरी भज्याङ–पनौती दाहाल टार सडकको काम नगरेको, एनएस बिल्डर्स सुखेतले च्यामासिङ बनेपाको च्यामासिङ नाला नियमित मर्मत नगरेको, गौतम कन्स्ट्रक्सन सिन्धुपाल्चोकले सल्लाघारी दरबार क्षेत्र सडक मर्मत नगरेको, ओम निलकण्ठेश्वर कन्स्ट्रक्सन प्रालि काठमाडौँले अनरिको राजमार्ग (चाल्नुढुंगा–खाव–लामिडाँडा–दोलालघाटको सडक स्तरोन्नतिको काम नगरेको र बानियाँ/कान्तिपथ जेभी ललितपुरले काठमाडौँको बल्खु खोला, त्रिवेणीघाट काभ्रेमा आरसीसी ग्रिन्डर पुल निर्माण नगरेको जनाएको छ । कार्यालयले तीन कम्पनीलाई सूचना प्रकाशित भएको सात दिनभित्र सोसम्बन्धमा लिखित स्पष्टीकरणसहित उपस्थित हुन समेत सूचना जारी गरेको हो ।

कार्यालयले ठेक्का सम्झौता तोडस् कार्य सम्पादन जमानत वापतको रकम जफत गर्नुका साथै सम्झौता अन्त्य भएका कारणले सम्झौता बमोजिम बाँकी रहेको काम पूरा गर्न जे जति रकम आवश्यक पर्छ सो रकम त्यसरी सम्झौता कार्य नगर्ने निर्माण व्यवसायीबाट सरकारी बाँकी सरह असूल उपर गरिने जनाएको छ । 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal