काठमाडौं । नेपाल बैंकको गत पुस २९ गते सम्पन्न ६३औँ वार्षिक साधारण सभाबाट तीन जनालाई लेखापरीक्षक नियुक्त गरेको हो ।
चाटर्ड एकाउन्टेन्ट (सीए) प्रदीपकुमार श्रेष्ठ, मधुवीर पाण्डे र सृष्टि कोइरालाई आर्थिक वर्ष २०८०/८१ का लागि बैंकको लेखापरीक्षकको रुपमा नियुक्त गरेको बैंकले जनाएको छ ।
बैंकले कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नियामक नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभाग र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई बोधार्थ जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस्