Skip to content
Prabhu

आज पनि घट्यो नेप्से परिसूचक, कारोबार रकम स्थिर

काठमाडौँ । मंगलबार ५४ अंकले उकालो लागेको सेयर बजारमा हिजो र आज सामानय गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.२४ अंकले घटेर २१५५.८२ अंक कायम भएको छ । 

यद्यपि कारोबार रकम भने पछिल्लो तीन दिनमा स्थिर देखिएको छ । मंगलबार ८ अर्बभन्दा बढीको कारोबार भएको बजारमा बुधबार पौने १० अर्बको कारोबार भएको थियो भने आज ८ अर्ब १७ करोड ४९ लाख ८६ हजार २८२ रुपैयाँको कारोबार भएको छ । 

फाइनान्स, जलविद्युत् र अन्य समूहको उपसूचकमा सामान्य बढोत्तरी हुँदा अन्य उपसूचक भने घटेको छ । आजको कारोबारमा रिडी पावर कम्पनी लिमिटेड, सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड, माहुली लघुवित्त वित्तीय संस्था, गणपति लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने तेह्रथुम पावर कम्पनीको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal