Skip to content
Prabhu

लक्ष्मी सनराइज बैंकद्वारा ‘ई–कमर्स अक्वायरिङ’ सेवा सुचारु

काठमाडौं । नेप्सको सहकार्यमा लक्ष्मी  सनराइज बैंकले ‘ई–कमर्स अक्वायरिङ गेटवे’ सेवा सुचारुमा ल्याएको छ ।  नेप्सअन्तरर्गत ई–कमर्स अक्वायरिङ गर्ने लक्ष्मी सनराइज पहिलो बैंक पनि रहेको छ । यस सेवा नेप्सले भिसाको सहायक संस्थासँगको सहकार्यमा विकास गरेको हो । 

उक्त सेवाको सुचारुपश्चात् अब लक्ष्मी सनराइज बैंकका व्यापारी ग्राहकहरुले ई–कमर्स प्लेटफर्म मार्फत अनलाइन भुक्तानी स्वीकार गर्न सक्नु हुनेछ । ई–कमर्स अक्वायरिङ गेटवे व्यापारीवर्गहरुको निमित्त ग्राहक मार्फत भुक्तानी लिनको लागि थप एउटा मध्यम हुन सक्छ । 

उक्त प्लेटफर्मबाट व्यापारीहरुले विश्वव्यापी रुपमा अनलाइन कारोवार पनि स्वीकार गर्न सक्नु हुनेछ भने उपभोक्ताहरूले भौतिक उपस्थितिको आवश्यकताबिना छिटो र सहज रूपमा कार्डमार्फत अनलाइन भुक्तानी गर्न सक्नु हुनेछ । तसर्थ यो सुविधाले निश्चित रूपमा देशको ई–कमर्स कारोवार बढाउने विश्वास नेप्स तथा सनराईज बैंकको रहेको छ । 

नेप्सले बैंक तथा वित्तीय संस्थाहरुको लागि कार्डमार्फत विद्युतीय भुक्तानीसम्बन्धी कार्य गर्ने साझा प्लेटफर्मको रुपमा विस्तारित हुँदै अन्य सेवाहरु पनि प्रदान गर्दै आईरहेको छ । हाल ११ वटा बैंक तथा वित्तीय संस्थाहरुलार्इ विभिन्न कार्ड सञ्जालमार्फत कारोवारका लागि होस्टिंग र स्विचिंग सेवासमेत प्रदान गर्दै आइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal