Skip to content
Prabhu

एनआईसी एशिया लघुवित्तको अध्यक्षमा सुवर्ण पौडेल नियुक्त

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षमा सुवर्ण पौडेललाई नियुक्त भएका छन् । सञ्चालक समितिको बैठकले  हाल सञ्चालक पदमा कार्यरत रहेका सुवर्ण पौडेललाई यस संस्थाको सञ्चालक समितिको अध्यक्षमा चयन गरिएको हो ।

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिमा संस्थापक समूहबाट संस्थापक एनआईसी एशिया बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै आइरहेका सञ्चालक तथा अध्यक्ष सन्तोषकुमार राठीले माघ २ गतेबाट लागू हुने गरी आफ्नो पदबाट राजिनामा दिएका थिए । यस संस्थाको २०१औँ सञ्चालक समितिको बैठकले मंगलबार साँझ ५ बजे उक्त राजिनामा स्वीकृत गरेको छ ।

अध्यक्ष सुवर्ण पौडेलले व्यवस्थापन विषयमा स्नाकोत्तर तथा हाल एसएमइ फाइनान्सिङमा विद्यावारिधी गरिरहेका छन् । उनीसँग इमर्जिङ्ग नेपाल लिमिटेडमा निमित्त प्रमुख कार्यकारी अधिकृत साथै व्यवसाय परामर्श, लगानी तथा वित्तीय क्षेत्र गरी एक दशक बढीको कार्यानुभव रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal