Skip to content
Prabhu

सिटिजन्स बैंकद्वारा दुई विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

 

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उदयपुरको चौदण्डीगढी नगरपालिका–८, स्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग प्रदान गरेकोे छ ।

 

विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरु दलित, जनजाति तथा विपन्न परिवारबाट रहेका र उनीहरुको आर्थिक अवस्था सबल नभएको कारण जाडो मौसममा न्यानो कपडा खरिद गर्न कठिनाइ हुने भएकाले ती बालबालिकाहरुलाई न्यानो स्विटर प्रदान गरिएको बैंकको भनाइ छ ।  विद्यालयमा अयोजित एक कार्यक्रमका बीच कक्षा नर्सरीदेखि कक्षा १० सम्मका १ सय ९१ विद्यार्थीहरुलाई स्वेटर प्रदान गरिएको हो । 

यसका साथै सिटिजन्स बैंक कालिकानगर शाखा, बुटवलले पनि स्थानीय  मायादेवी जनजागृति आधारभूत विद्यालयका ९० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । 

चिसो मौसमका कारण न्यानो कपडाको अभावमा विद्यार्थीहरुको पठनपाठनमा समेत असर परेको हुँदा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो । उक्त कार्यले चिसो मौसममा उनीहरूको शैक्षिक कार्यलाई थोरै भएपनि मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । 

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal