Skip to content
Prabhu

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको काठमाडौंमा दुई नयाँ शाखा विस्तार

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुईटा नयाँ शाखा विस्तार गरेको छ । 

सो बैंकले काठमाडौं महानगरपालिका–३१ मा शंखमूल शाखा र काठमाडौं महानगरपालिका–२९ मा अनामनगर शाखा सञ्चालनमा ल्याएकोे हो । यी दुई शाखा गरी बैंकको शाखा संख्या २ सय ६४ पुगेको छ । 

नयाँ शाखाबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको बैंकले जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले नयाँ शाखाहरुको उद्घाटन गरेका हुन् ।  सो क्रममा उनले काठमाडौं उपत्यकामा चाँडै नै अरु थप शाखाहरु खोल्नेसमेत जानकारी दिए । 

हाल बैंकको २ सय ६४ शाखा कार्यलय, ६३ वटा एक्सटेन्सन काउन्टर, १ सय १३ वटा शाखारहित बैंकिङ र २ सय ५५ वटा एटीएम छन् ।  

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal