Skip to content
Prabhu

सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहीबार नेपाली बजारमा  सुनको मूल्य  प्रतितोला ७ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १७ हजार ५सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार छ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँ कारोबार भएको थियो।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal