Skip to content
Prabhu

साओमीको बजेट मैत्री रेड्मी १३ सी स्मार्टफोन नेपालमा

nabil

काठमाडौं ।  साओमीले नेपालमा रेड्मी १३ सी लन्च गरेको छ । रेड्मी १२ सी को सफलताको रूपमा साओमीले आफ्नो नयाँ इन्ट्री–लेभल स्मार्टफोन रेड्मी १३ सी लिएर आएको हो ।

यस बारेमा बोल्दै साओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, ‘रेड्मी १३ सी को
स्टाइलिस डिजाइन र अत्याधुनिक प्रविधिले स्मार्टफोनको बजारमा नयाँ स्ट्यान्डर्ड तय गर्नेछ भन्ने हामीलाई विश्वास लिएका छौँ ।’ 

रेड्मी १३ सी १२ एनएमको प्रोसेस र मेडियाटेक हेलिओ जी ८५ प्रोसेसरद्वारा सञ्चालित छ । यो १६०० बाई ७२० को रिजोल्युसनको साथ ६।७४ इन्चको डट ड्रप डिस्प्लेमा उपलब्ध छ जसले ४५० निट्स (टाइप) र ६०० निट्स एचबीएमको ब्राइटनेसको साथ सुन्दर डिस्प्ले प्रदान गर्छ । यसको डिस्प्लेले ९० हर्ट्जसम्मको रिफ्रेस रेट समेत प्रदान गर्छ । 

रेड्मी १३ सी मा ५० मेगापिक्सेलको एआई ट्रीपल  क्यामरा रहेको छ । यसैगरी  फोनमा  नाइट मोड, पोट्र्रेट मोड, ५० मेगापिक्सेल मोड र टाइम–ल्याप्सहरु जस्तै उत्कृष्ट क्यामरा फिचरहरू पनि उपलब्ध छ ।  

यसको रियर क्यामराले १०८० पिक्सेल र ७२० पिक्सेल मोडमा ३० एफपिएसको भिडियो रेकर्डिङ सपोर्ट गर्दछ । साथै यसको ८ मेगापिक्सेलको फ्रन्ट क्यामाराले पनि  १०८०  पिक्सेल र ७२० पिक्सेल मोडमा ३० एफपिएसमा  भिडियो रेकर्डिङ गर्दछ ।

रेड्मी १३ सीको ५००० एमएचको ब्याट्रीले १८ वाटको पिडी चार्जिङ र यूएसबी टाइप सी सर्पोट गर्छ । १० वाटको एडाप्टरसहित आउने यस रेड्मी १३ सी लाई कम्पनीले अप्टिमल चार्जिङको लागि १८ वाट वा माथिको एडाप्टर रेकमेन्ड गरेको छ । 

यो फोन ६ प्लस १२८ जीबी र ८ प्लस २५६ जीबी को स्टोरेज भेरियन्टमा मिडनाइट ब्ल्याक, नेभी ब्लू र क्लोभर ग्रीन गरी तीन आकर्षक रङहरूमा उपलब्ध हुनेछ । ६ प्लस १२८ जीबी र ८ प्लस २५६ जीबी भेरियन्टको मूल्य क्रमशः १५ हजार ९ सय ९९ र र १८ हजार ९ सय ९९ रुपैयाँ रहेको छ । 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal