Skip to content
Prabhu

कामना सेवा विकास बैंकको नाफा बढ्यो

काठमाडौं  । कामना सेवा विकास बैंकको चालू आर्थिक वर्षको दोस्रो त्रैमासम्म आइपुग्दा नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । यसअवधिमा खुद नाफा ३२.१९ प्रतिशतले बढेर २५ करोड ८९ लाख १९ हजार रुपैयाँ पुगेको छ । 

सो बैंकले ६ महिनामा अघिल्लो वर्षको यही अवधिमा १९ करोड ५८ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।सोही अवधिमा खुद शुल्क, कमिसन र सञ्चालन नाफा बढेकाले खुद नाफा बढ्न सहयोग पुगेको हो । खुद शुल्क तथा कमिसन २५.६६ प्रतिशतले बढेर १२ करोड ३२ लाख ६६ हजार रुपैयाँ पुगेको छ । 

सञ्चालन नाफा पनि ३२.२४ प्रतिशतले बढेर ३७ करोड ३५ हजार रुपैयाँ पुगेको छ ।  ब्याज आम्दानी भने ६.२४ प्रतिशतले घटेर ९५ करोड ८८ लाख ४० हजार रुपैयाँमा सीमित भएको छ । 

कामना सेवाको पुस मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ४ पैसाले बढेर १५ रुपैयाँ ७८ पैसा पुगेको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal