Skip to content
Prabhu

एनआरएनए आइसीसीको विवाद समाधान गर्न एनसीसी अमेरिकाको कार्यसमिति सदस्यको परराष्ट्र मन्त्रालयमा पत्र

काठमाडौं । गैरआवासीय नेपाली संघ,अन्तर्राष्ट्रिय समन्वय परिषद(आइसीसी)को विवाद समाधान गर्न एनआरएनए एनसीसी अमेरिकाका कार्यसमिति सदस्यहरुले माग गरेका छन् । 

आइसीसीको अक्टोबर १७ देखि २० मा भएको निर्वाचनपछि संस्थामा विवाद देखिएको छ । भेरो भोटिङ प्रणालीबाट गराएको निर्वाचनमा डा बद्री केसीले निर्वाचन जितेको घोषणा गरिएको थियो । 

निर्वाचनमा दुरुपयोग गरिएको भन्दै अध्यक्षका प्रत्यासीहरु राजेन्द्रकुमार शर्मा र महेश श्रेष्ठले त्यसलाई अस्वीकार गर्दैै आएका छन् । केसी समूहले निर्वाचनमा भएको अनियमिताको छानबिन गर्न १५ दिनभित्र समिति गठन गर्ने सहमति विपरित सपथ लिएपछि शर्मा र श्रेष्ठ समूहको भेलाले आरके शर्माको नेतृत्वमा कार्यसमिति गठन गरेका थिए । 

त्यसपछि एनआरएनएमा आधिकारिताको विषयमा विवाद रहेको छ । परराष्ट्र मन्त्रालयले अहिलेसम्म कुनैपनि समितिलाई आधिकारिता दिएको छैन । आइसीसीमा देखिएको विवाद एनसीसीसम्म पुगेको छ । 

एनसीसी अमेरिकाले परराष्ट्र मन्त्रालयलाई सबैलाई मान्य हुने गरेर विवाद समाधान गर्न माग गर्दै पत्र लेखेको हो । 

परराष्ट्र मन्त्रालयलाई अरु देशका एनसीसीहरुले पनि आधिकारिताको टुंगो लगाउन माग गर्दै पत्र लेखेका छन् । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal