Skip to content
Prabhu

कर्जाको ब्याज नउठ्दा माछापुच्छ्रे बैंकको नाफा घट्यो

काठमाडौं । माछापुच्छ्रे बैंकको नाफा घटेको छ । 

बैंकले सार्वजनिक गरेको चालु अर्थिक वर्षको ६ महिनाको वित्तीय विवरण अनुसार ८० करोड ५३ लाख रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकको नाफा एक अर्ब २ करोड रुपैयाँ रहेको थियो । 

बैंकको ब्याज आम्दानी घटेको कारण नाफा घटेको हो । बैंकको खराब कर्जा समेत बढेको छ । 

गत आर्थिक वर्षको ६ महिनामा दुई अर्ब ७९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको ६ महिनामा दुई अर्ब ६३ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । 

गतवर्ष १.४१ प्रतिशत रहेको खराब कर्जा अनुपात यो वर्ष २.६२ प्रतिशत पुगेको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal