Skip to content

राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम आयोजना

nabil bank

 

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ५९औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन् । उक्त बैंकको ५९औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा बैंकको केन्द्रीय कार्यालय परिसर, प्रादेशिक कार्यालयहरू तथा विभिन्न शाखा कार्यालयहरूबाट वित्तीय साक्षरताका लागि प्रभातफेरी कार्यक्रमको शनिबार आयोजना गरिएको छ । 

बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गाना तथा प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको ५९औँ वार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै सर्वसाधारण प्रतिबैंकिङ सचेतना गर्ने उद्देश्यले समाज प्रतिको उत्तरदायित्व बहन गर्दै बैंकले वित्तीय साक्षरताका लागि प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको बताए । 

सो बैंकको केन्द्रीय कार्यालयबाट सुरु भएको उक्त कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धी बैंकको लोगो अङ्कित विभिन्न प्लेकार्ड बोकेर बाजागाजा ब्यानरसहित भद्रकाली, सहिदगेट, न्युरोड गेट, रत्नपार्क, बागबजार, पद्मकन्या कलेज, पुतलीसडक, पद्मोदय मोड, राष्ट्रिय सभा गृह र पुनः भद्रकाली हुँदै केन्द्रीय कार्यालयमा पुगेर समापन भएको थियो । 

त्यस्तै, वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसर तथा विभिन्न प्रादेशिक कार्यालयहरूमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  

बैंकको केन्द्रीय कार्यालय परिसरमा तथा देशव्यापी रूपमा सम्पूर्ण प्रादेशिक कार्यालयहरूमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४ सय ७७ जना रक्तदाताले रक्तदान गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime