Skip to content
Prabhu

भविष्यको एआईले हाम्रो सोच्ने क्षमता बढाउनेछ : अल्टम्यान

nabil

एजेन्सी । ओपन एआईका प्रमुख कार्यकारी अधिकृत अल्टम्यानले नयाँ एआई मोडल अहिलेको तुलनामा धेरै सक्षम हुने बताएका छन् । डाभोसमा जारी वर्ल्ड इकोनोमिक्स फोरममा आर्टिफिसियल इन्टेलिजेन्सबारे कुराकारी गर्दै उनले भविष्यमा एआई असहज हुने समेत भविष्यवाणी गरे । उनले अब धेरै मानिसहरुले च्याट जीपीटी कसरी चलाउने भन्ने पनि जानिसकेको बताए ।

उनका अनुसार अहिले उपभोक्ताहरुले च्याज जीपीटी चलाउनका लागि विभिन्न विकल्प खोजिसकेका छन् । अब एआईको रहस्य केही हदसम्म सकिएको भन्दै उनले अब नयाँ तरिकाले विश्व अगाडि बढ्ने बताए । 

एआई पछिल्लो प्रविधिको तुलनामा निकै तीव्र गतिमा विकास भइरहेको छ । भविष्यमा एआईका लागि अनेक व्यक्तिगत प्रयोगका लागि अनुमति दिनुपर्ने अवस्था पनि आउनसक्छ । र, यसले उपभोक्तालाई असज बनाउनेछ । 

अल्टम्यानले एआईले हाम्रो क्षमता बढाउने तर निर्णय गर्ने क्षमता आफूसँग हुने बताए ।  

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal