Skip to content
Prabhu

अपर तामाकोशीको लिलामी सेयर १४६ रुपैयाँ तोकेर भर्नेले पाउने

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको लिलामी सेयरको कट अफ भाउ सार्वजनिक भएको छ ।  सो हाइड्रोपावरको  न्यूनतम प्रतिकित्ता १४६ रुपैयाँसम्म तोकेर लिलामी भर्नेले सेयर पाउने भएका छन् । 
 बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटले  अन्तिम नतिजा आउन बाँकी रहेको र भाउमा सामान्य मात्र तलमाथि हुन सक्ने बिक्री प्रबन्धकले जनाएका छन् । 
उक्त हाइड्रोपावरले पुस १३ गतेदेखि २९ गतेसम्म सर्वसाधारण समूहको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो ।  सो कम्पनीले गत भदौ १८ देखि असोज २२ गतेसम्म सतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । 
जसमध्ये सर्वसाधारण समूहलाई छुट्याइएको ५ करोड १८ लाख १९ हजार कित्ता सेयरमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्तामा मात्र आवेदन परेको थियो । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल र नागरिक लगानी कोषले गरेका छन् । 
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal