Skip to content
Prabhu

‘म्याक कफी उपहार धमाका २०८०’ अभियानका विजेताहरू घोषणा

काठमाडौं । म्याक कफीको आधिकारिक आयातकर्ता आर्क्स  ग्रुपले आफ्ना बिक्रेता र ग्राहकहरूलाई लक्षित गरी सञ्चालन गरेको ‘म्याककफी उपहार धमाका २०८०’को विजेता छनोट गरेको छ । गत साउन महिनादेखि सञ्चालन भएको यो अभियानअन्तर्गत तीन जनाले मोटरसाइकल हात पारेका छन् । 

शनिबार राजधानीमा आयोजित कार्यक्रममा ‘लक्की ड्र’ मार्फत बिजेताको औपचारिक गरिएको हो । वरिष्ठ व्यावसायिक फोटोग्राफर राजभाइ सुवालले ‘लक्की ड्र’ सार्वजनिक गरेको उक्त कार्यक्रमको म्याककफीकै फेसबुक पेजमार्फत प्रत्यक्ष प्रशारणसमेत गरिएको थियो ।  

मार्केटिङ डाइरेक्टर गोपालकृष्ण श्रेष्ठले म्याककफी उपहार धमाकामा अपेक्षा गरिएभन्दा बढी उपभोक्ता तथा विक्रेताले सहभागिता जनाएको बताए ।

 ‘नेपाली बजारमा म्याककफीको लोकप्रियतालाई ध्यानमा राखी यसको बजार विस्तारमा जोड दिनका लागि हामीले यो अभियान सञ्चालन गरेका हौं,’ उनले भने, ‘अभियानमा सोचेभन्दा बढी ग्राहक वर्गको सहभागिता भएको छ र यसले भविष्यमा यस प्रकारका अन्य अभियानहरू पनि निरन्तर गर्नुपर्ने देखिएको छ ।’ 

श्रेष्ठका अनुसार तीनजनालाई मोटरसाइकल र थप एक सय जनालाई टर्किश रग विजेताको घोषणा गरिएको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal