Skip to content
Prabhu

बैंक तथा वित्तीय संस्थाको घटेको नाफाले सेयर बजार ओरालो, सात अर्ब ६७ करोडको कारोबार

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको घटेको नाफाको कारण सेयर बजार ओरालो लागेको छ । 

साताको पहिलो दिन नेप्से परिसूचक २५.६३ अंकले ओरालो लागेको हो । 

बैंक तथा वित्तीय संस्थाको सेयर मूल्य घटेको छ । आइतबार बैंक तथा वित्तीय संस्थाको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक भएको थियो । जसमा धेरजसो बैंक तथा वित्तीय संस्थाले नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेका थिए । 

नेप्से परिसूचक २५.६३ अंकले घटेपनि सेयर बजारमा सात अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । जसमा सबैभन्दा बढी हिमालयन रि इन्स्योरेन्सको ५६ करोड ७९ लाखको कारोबार भएको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal