काठमाडौं । नेपालको लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ग्राहकहरूका लागि ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक गरेको छ ।
उक्त योजनाअन्तर्गत ग्राहकहरूले टिभिएस बाइक तथा स्कुटरको खरिदमा ७ हजार रुपैयाँसम्मको नगद छुट पाउन सक्नेछन् । यस्तै कम ईएमआइ सुविधा, मात्र ३ हजार ९ सय ९९ बाट सुरु हुने कम्पनीले जनाएको छ ।
यो योजना एनटोर्क, रेडर, अपाचे १६० २भी, अपाचे १६० ४भी, अपाचे २०० ४भी जस्ता टिभिएसका उत्पादनहरूमा लागू हुने कम्पनीले बताएको छ । कम्पनीका अनुसार यो योजना गण्डकी, धौलागिरि र बागमती बाहेक अन्य स्थानहरूमा लागू हुने बताएको छ ।
यस योजनासँगै कम्पनीले मात्र ३ हजार ९ सय ९९ बाट सुरु हुने सबैभन्दा कम ईएमआइ सुविधा हाइलाइट गर्दै नेपाल अधिराज्य भर लागू हुने गरी ‘सेलिब्रेसन अफर’ पनि सार्वजनिक गरेको छ ।
प्रतिक्रिया दिनुहोस्