Skip to content
Prabhu

दोस्रो त्रैमासको वित्तीय विवरण, खराब कर्जा बढ्दा नाफा बढेन

काठमाडौं । वाणिज्य बैंकहरुको दोस्रो त्रैमासको वित्तीय विवरणले खराब कर्जा बढ्दा नाफा बढ्न नसकेको देखिएको छ । 

बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकहरुको नाफा घटेको देखिएको हो । 

आर्थिक क्रियाकलाप सुस्त भएको कारण बैंकको नियमित रुपमा उठ्न पर्ने कर्जा नउठेको कारण बैंकको नाफा घटेको हो । 

वित्तीय विवरण प्रकाशित गरेका बैंकहरुमा आधा दर्जन वाणिज्य बैंकको खराब कर्जा अनुपात पाँच प्रतिशत नजिक पुगेको छ । 

गत आर्थिक वर्षको तुलनामा करिब १२ प्रतिशतले बैंकहरुको नाफा घटेको देखिएको हो । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal