Skip to content
Prabhu

खराब कर्जा बढ्दा एभरेष्टको नाफा करिब ८ प्रतिशतले बढ्यो

काठमाडौं । खराब कर्जा बढेपनि एभरेष्ट बैंकको नाफा करिब ८ प्रतिशतले बढेको छ । 

बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको ६ महिनाको विवरण अनुसार एक अर्ब ७१ करोड रुपैयाँ नाफा गरेको छ । गतवर्ष ६ महिनामा एक अर्ब ५८ करोड रुपैयाँ एभरेष्ट बैंकले नाफा गरेको थियो । 

बैंकको अघिल्लो वर्षको तुलनामा ब्याज आम्दानी घटेको छ । गतवर्ष तीन अर्ब ६७ करोड रहेको ब्याज आम्दानी चालु आर्थिक वर्षको ६ महिनामा तीन अर्ब ६२ करोड रहेको छ । खराब कर्जा अनुपात गतवर्ष ०.५५ प्रतिशत रहेकोमा यो वर्ष ०.७७ प्रतिशत रहेको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal