Skip to content
Prabhu

करिब ४२ प्रतिशतले घट्यो एनआईसी एशिया बैंकको नाफा,खराब कर्जा बढ्यो

काठमाडौं । एनआईसी एशिया बैंकको नाफा ४२ प्रतिशतले घटेको छ । 

बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको ६ महिनाको विवरण अनुसार नाफा एक अर्ब ९० करोड नाफा कमाएको छ । 

अघिल्लो वर्ष ६ महिनामा नाफा तीन अर्ब २७ करोड रहेको थियो । 

नाफा घटेसँगै बैंकले ६ महिनासम्ममा सेयरधनीलाई वितरण गर्न सक्ने मुनाफा समेत ऋणात्मक भएको छ । 

बैंकको ब्याज आम्दानी घटेको तथा खराब कर्जा बढेको कारण नाफा घटेको हो । गतवर्ष ६ महिनामा ०।६१ प्रतिशत रहेको बैंकको खराब कर्जा १।१९ प्रतिशतमा पुगेको छ । गतवर्ष ६ अर्ब १६ करोड ब्याज आम्दानी गरेकोमा यो वर्ष पाँच अर्ब ५४ करोड ब्याज आम्दानी रहेको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal