Skip to content
Prabhu

माउन्ट एभरेष्ट पावर डेभलपमेन्टले आइपीओ जारी गर्ने बिक्री प्रवन्धकमा एनआइएमबी एस क्यापिटल

काठमाडौं ।  माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको आफ्नो जारी पुँजीको ३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्ने भएको छ ।  एनआइएमबि एस क्यापिटल लिमिटेड र माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड बिच धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेवा सम्झौता गरिएको छ । 

उक्त सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष अर्जुन प्रसाद पौडेल र एनआइएमबि एस क्यापिटल लिमिटेडका तर्फबाट महाप्रबन्धकसचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरे । 

माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले दुधकुण्ड खोलाको पानी प्रयोग गरी १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजना निर्माण गर्दै आईरहेको छ । सोलुखुम्बु जिल्लामा अवस्थित उक्त आयोजनाको निर्माण कार्य ८० प्रतिशत भन्दा बढी सम्पन्न भइसकेको छ । 

उक्त सम्झौता अन्तर्गत एनआइएमबि एस क्यापिटल लिमिटेडद्वारा माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको साधारण शेयरहरु सार्वजनिक निष्काशन तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यहरुमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको सेवा प्रदान गरिनेछ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal