Skip to content
Prabhu

नेप्से : अपर स्याङ्गे र मिड सोलु हाइड्रोपावरको शेयर मूल्यमा उछाल, कारोबार रकम सवा ६ अर्ब

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३१.४९ अंकले ओरालो लागेको र २०९८.६९ मा सीमित भएको छ । आजको कारोबारमा विभिन्न कम्पनीका कूल १ करोड ८० लाख ४३ हजार २४४ कित्ता शेयर ६ अर्ब ३६ करोृड ६० लाख ७० हजार तीन रुपैयाँमा कारोबार भएको छ । 

आजको कारोबारमा अपर स्याङ्गे र मिड सोलु हाइड्रोपावरको शेयर मूल्यमा उछाल देखिएको छ । अपर स्याङ्गे हाइड्रोपावरको शेयर मूल्य ९.९८ प्रतिशत र र मिड सोलु हाइड्रोपावरको शेयर मूल्य ९.४६ प्रतिशतले बढेको छ । साथै आशा लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ६.६९ प्रतिशतले बढेको छ । 

साथै दोर्दी खोला जलविद्युत् कम्पनीको शेयर मूल्य ८.३३ प्रतिशतले घटेको छ भने हिमालयन लघुवित्त वित्तीय संस्थाको ७.२७ प्रतिशत, लिवर्टी इनर्जी कम्पनीको शेयर मूल्य ६.७८ प्रतिशतले ओरालो लागेको छ । 

ट्रेडिङ समूहको उपसूचक ०.३५ प्रतिशतले सकारात्मक हुँदा बाँकी सबै समूहको उपसूचक नकारात्मक देखिएको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal