Skip to content
Prabhu

गोर्खाज फाइनान्सको नाफा ८१ प्रतिशतले बढ्यो

काठमाडौं ।  चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा गोर्खाज फाइनान्स लिमिटेडले  १२ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

गत वर्षको सोही अवधिको तुलनामा ८१. ०८ प्रतिशतले बढी हो । गत वर्ष सो फाइनान्सले ६ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

कम्पनीको खुद ब्याज आम्दानी ५.४७ प्रतिशतले बढेर १८ करोड ३० लाख रुपैयाँ पुगेको छ । यता, सञ्चालन नाफा १९ करोड ७६ लाख रुपैयाँ पुगेको छ । 

फाइनान्सको इम्पेयरमेन्ट चार्ज रिभर्स हुँदा र सञ्चालन नाफा बढ्दा खुद नाफा बढेको हो ।  हाल यसको चुक्ता पुँजी ८६ करोड ७९ लाख ९३ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा १ अर्ब २ करोड रुपैयाँ जम्मा रहेको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal