Skip to content
Prabhu

घलेम्दी हाइड्रोपावरको भोलिदेखि ३२ लाख कित्ता सेयर लिलामी बिक्री खुला हुँदै

nabil

काठमाडौं । भोलि मंगलबारदेखि घलेम्दी हाइड्रोपावरले  ३२ लाख १७ हजार ७२४ कित्ता सेयर लिलामीमा बिक्री खुला गर्दैछ । 

उक्त कम्पनीले सर्वसाधारण समूहको सेयर बिक्री गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुन पाउने कम्पनीले जनाएको छ । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद माघ २३ गते मंगलबारसम्म रहेको छ । 

सो कम्पनीको मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको  छ । कम्पनीले गत मंसिर १० गतेदेखि पुस १६ गतेसम्म २०० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको १ करोड १० लाख कित्ता हकप्रद सेयरमा ७७ लाख ८२ हजार २ सय ७६ कित्ताका लागि मात्र आवेदन परेको थियो । उक्त अवधिमा  बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याउन लागेको हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal