काठमाडौं । नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य स्थिर रहेको छ।
आज नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनसमेत चाँदी प्रतितोला सोही मूल्यमा कारोबार भएको थियो।
प्रतिक्रिया दिनुहोस्