Skip to content
Prabhu

आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

काठमाडौँ । नेपाल राष्ट्र बैंंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३३ रुपैयाँ २१ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४४ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४५ रुपैयाँ १७ पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १६८ रुपैयाँ ४४ पैसा छ भने बिक्रीदर १६९ रुपैयाँ २० पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १५२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३४ पैसा छ । 

अष्ट्रेलियन  डलर एकको खरिददर ८७ रुपैयाँ ५० पैसा र बिक्रीदर ८७ रुपैयाँ ८९ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९८ रुपैयाँ ७४ पैसुा र बिक्रीदर ९९ रुपैयाँ १९ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९८ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३७ पैसा कायम छ । 

जापानी येन १०को खरिददर ८ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८ रुपैयाँ ९९ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४३ पैसा र बिक्रीदर १८ रुपैयाँ ५२ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५२ पैसा कायम छ । 

त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५४ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३ रुपैयाँ ७५ पैसा कायम  छ । 

यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ १० पैसा र बिक्रीदर ३६ रुपैयाँ २७ पैसा, मलेसियन रिङगेट एकको खरिददर २८ रुपैयाँ ११ पैसा र बिक्रीदर २८ रुपैयाँ २४ पैसा, दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९ रुपैयाँ ९८ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १२ रुपैयाँ ७३ पैसा कायम छ ।

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ ३८ पैसा र बिक्रीदर १९ रुपैयाँ ४७ पैसा। हङकङ डलर एकको खरिददर १६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७ रुपैयाँ ०४ पैसा कायम छ । र, कुवेती दिनारको एकको खरिदलर ४३० रुपैयाँ ९० पैसा र बिक्रीदर ४३२ रुपैयाँ ८५ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ३४ पैसा कायम छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal