Skip to content
Prabhu

फाइनान्स फ्रेन्ड र समृद्धि फाइनान्सबीच साझेदारी

 

काठमाडौं ।  फाइनान्स फ्रेन्ड प्रालि  र समृद्धि फाइनान्सबीच वित्तीय साक्षरता प्रशिक्षण तथा कर्मचारीलाई विकासका कार्यक्रम सञ्चालन गर्ने साझेदारी भएको छ । 

सो साझेदारीपत्रमा फाइनान्स फ्रेन्डका तर्फबाट संस्थापक तथा अध्यक्ष रमेशप्रसाद जोशी र समृद्धि फाइनान्सको तर्फबाट नायब महाप्रबन्धक विनोदराज पौडेलले हस्ताक्षर गरेका हुन् । 

यस सहकार्यपछि फाइनान्स फ्रेन्ड प्रालिले समृद्धि फाइनान्सका कर्मचारीलाई बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित वित्तीय तालिमका कार्यक्रमहरू उपलब्ध गराउने छ । साथै समृद्धि फाइनान्सको तर्फबाट वित्तीय साक्षरता कार्यक्रमहरू आयोजना गर्नेछ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal