Skip to content
Prabhu

प्रभु बैंकले पनि लाभांश वितरण नगर्ने

काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट  सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । 

उक्त बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

उक्त बैंकले सोहीबमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय पनि गरेको छ । यसले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal