Skip to content
Prabhu

आज सुनको मूल्य स्थिर, चाँदी घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य  मंगलबार स्थिर छ भने चाँदी  प्रतितोला २० रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार बजारमा छापावाल सुन प्रतितोला १ लाख १८ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदीको मूल्य भने प्रतितोला २० रूपैयाँ घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो। 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal