Skip to content
Prabhu

आज कति छ विदेशी मुद्राको विनिमय ?

 

काठमाडौँ । नेपाल राष्ट्र बैंंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३३ रुपैयाँ २१ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४४ रुपैयाँ ३३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९९ पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १६८ रुपैयाँ ५१ पैसा छ भने बिक्रीदर १६९ रुपैयाँ २७ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १५२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३४ पैसा छ । 

अष्ट्रेलियन  डलर एकको खरिददर ८७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७७ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९८ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९९ रुपैयाँ २४ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९८ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३१ पैसा कायम छ । 

जापानी येन १०को खरिददर ८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९ रुपैयाँ  पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४३ पैसा र बिक्रीदर १८ रुपैयाँ ५२ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५२ पैसा कायम छ । 

त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५४ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३ रुपैयाँ ७४ पैसा कायम  छ । 

यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ १० पैसा र बिक्रीदर ३६ रुपैयाँ २७ पैसा, मलेसियन रिङगेट एकको खरिददर २८ रुपैयाँ ०६ पैसा र बिक्रीदर २८ रुपैयाँ १८ पैसा, दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९० पैसा र बिक्रीदर ९ रुपैयाँ ९४ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७० पैसा र बिक्रीदर १२ रुपैयाँ ७६ पैसा कायम छ ।

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ ३५ पैसा र बिक्रीदर १९ रुपैयाँ ४४ पैसा। हङकङ डलर एकको खरिददर १६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७ रुपैयाँ ०४ पैसा कायम छ । र, कुवेती दिनारको एकको खरिदलर ४३० रुपैयाँ ९२ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ८७ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ८० पैसा र बिक्रीदर ३५३ रुपैयाँ ३९ पैसा कायम छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal