Skip to content

सर्वोत्तम सिमेन्टद्वारा आयोजना प्रभावितलाई माघ २५ सम्म आइपीओ म्याद थप

nabil bank

काठमाडौं। सर्वोत्तम सिमेन्टले आयोजना प्रभावित स्थानीयका लागि खुलाएको आइपीओमा आवेदन दिने म्याद बुधबारसम्म रहे पनि  उक्त कम्पनीले स्थानीयका लागि भनेर आगामी माघ २५ सम्म समयावधि बढाएको छ ।

बुधबारसम्म स्थानीयबाट मागअनुसार आवेदन नपरेपछि कम्पनीले म्याद थपेको जनाएको छ। उक्त कम्पनीले बुक बिल्डिङ विधिबाट आइपीओ जारी गरेको छ। लगानीकर्ताले प्रतिकित्ता ३ सय ६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनुपर्ने छ । स्थानीयले न्यूनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था छ।

उद्योग प्रभावित क्षेत्र नवरपरासीको सुनवल नगरपालिका वडा–३, ४, ५, ६ र १३ तथा उत्खनन प्रभावित क्षेत्र पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा–१ र २ का स्थानीयले आवेदन दिन सक्नेछन् । 

त्यस्तै, रिब्दीकोट गाउँपालिकाको वडा–२, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा–१, २ र ३, माथागढी गाउँपालिकाको वडा– ७ र ८ तथा निस्दी गाउँपालिकाको वडा–७ का स्थानीयका लागि छुट्याएको छ। सो कम्पनीले वैदेशिक रोजगारीका लागि आवेदन दिन म्याद आज बुधबार अन्तिम दिन हो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi