Skip to content
Prabhu

नयाँ स्टक एक्सचेञ्जको आवश्यक्ताको बारेमा अध्ययन गर्न राष्ट्र बैंक सञ्चालक चिन्तामणि शिवाकोटीको नेतृत्वमा समिति गठन

काठमाडौं । सरकारले नयाँ स्टक एक्सचेञ्ज सञ्चालन गर्न आवश्यक रहे नरहेको बारेमा बुझ्न समिति गठन गरेको छ ।

 मन्त्रिपरिषदको बैठकले राष्ट्र बैंकका सञ्चालक चिन्तामणि शिवाकोटीको संयोजकत्वमा तीन सदस्य समिति गठन गरेको हो । 

धितोपत्र बोर्डले नेपालमा थप एउटा स्टक एक्सचेञ्ज आवश्यक्ता रहेको अध्ययन प्रतिवेदन दिएको थियो ।

 पछिल्लो समय रमेश हमाल धितोपत्र बोर्डको अध्यक्ष भएको समयमा नयाँ स्टक एक्सचेञ्ज लाइसेन्स दिने प्रक्रिया अन्तिम चरणमा लगेका थिए । तर,व्यवसायिक घरानाबीच भएको प्रतिस्पर्धाले लाइसेन्स दिन भने हमालले सकेनन् । 

अहिले धितोपत्र बोर्डमा अध्यक्ष पद खाली रहेको छ । सरकारले अध्यक्ष नियुक्तिको लागि समिति समेत गठन गरेको छ । नयाँ अध्यक्षले लाइसेन्स दिने या नदिने भन्ने निर्णय अब शिवाकोटी संयोजक रहेको समितिले दिने सुझावको आधारमा तय हुने छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal