Skip to content
Prabhu

रिलायन्स स्पिनिङ मिल्सको ‘बुक बिल्डिङ’मा खुल्यो आईपीओ

 

काठमाडौं । आज बुधबारदेखि  ‘बुक बिल्डिङ’ प्रक्रियामा रिलायन्स स्पिनिङ मिल्सले प्राथमिक सेयर (आईपीाअ‍े) बिक्री खुलाएको छ । 

आजदेखि कम्पनीले योग्य संस्थागत लगानीकर्ताका लागि आईपीओ बिक्री खुला गरेको हो । उक्त कम्पनीको जारी पुँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने सेयर बिक्री खुला गर्दैछ । उक्त प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित सेयर बिक्री हुनेछ ।

उक्त कम्पनीले १९ लाख २६ हजार ६ सय कित्ता सेयर बुक विल्डिङ्ग विधिमार्फत निष्कासन गर्न लागेको नेपाल धितोपत्र बोर्डले जानकारी दिएको छ । सोमध्ये ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता सेयर बिक्री मूल्य सीमा ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म कायम गरिएको छ । 

उक्त कम्पनीको प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ छ भने प्रतिसेयर आम्दानी ३२.९० रुपैयाँ छ । कम्पनीको सेयर निष्कासक तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal