Skip to content
Prabhu

राष्ट्रिय वाणिज्य बैँकद्वारा जनता मावि सम्मानित

 

बारा । राष्ट्रिय वाणिज्य बैंक सिमराले जनता मावि प्राविधिक शिक्षालय रजघट्टालाई उत्कृष्ट कारोबार गरेको भन्दै सम्मान गरेको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१४ को रजघट्टामा रहेको जनता माविलाई राष्ट्रिय वाणिज्य बैंकले आफ्नो ५९ औं वार्षिकोत्सव अवसर पारेर  सम्मान गरेको हो ।

सो बैंकको सिमरा शाखामा आयोजित वार्षिकोत्सव विशेष कार्यक्रममा बैंकका शाखा प्रबन्धक निरोज पाण्डेले विद्यालयका प्रधानाध्यापक राजु अधिकारीलाई सम्मानपत्र प्रदान गरेका थिए । प्रधानाध्यापक अधिकारीका अनुसार विद्यालयले बैंकसँगको निरन्तर र उत्कृष्ट कारोबार गरेकाले सम्मान गरेको  बताएका छन् । 

‘यस बैंकले प्रदान गरेको सेवा सुविधालाई विश्वास गरी बैंकसँग निरन्तर कारोबार गर्नुभएकोमा तपाईं  जनता मावि जितपुर सिमरा–१४ बारालाई आगामी दिनमा समेत यस्तै विश्वास र साथको अपेक्षा गर्दै बैंकको ५९ औ वार्षिकोत्सवको अवसरमा यो सम्मानपत्र प्रदान गरिएको छ,’  बैंकले विद्यालयलाई प्रदान गरेको सम्मान पत्रमा उल्लेख गरिएको छ । 

 यसैगरी बुधबार वार्षिकोत्सवको अवसर पारेर बैंकले ३ जना उत्कृष्ट कारोबारकर्ताको रूपमा सम्मान गरेको छ । सम्मानित हुनेमा सतिस गल्ला भण्डार जितपुर, लक्ष्मी आयल स्टोर प्रालि अम्लेखगञ्ज र न्यू सन्देश किराना पसल सिमरा छन् ।

उनीहरूलाई पनि निरन्तर असल कारोबारको अपेक्षासहित उत्कृष्ट ग्राहकको रूपमा सम्मान गरिएको शाखा प्रबन्धक पाण्डेले जनाएका छन् । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal