Skip to content
Prabhu

जहाज किन्न र ऋण तिर्न थप एक खर्ब ३० अर्ब ऋण लिँदै निगम

काठमाडौँ । नेपाल वायुसेवा निगमले जहाज खरिद गर्नका लागि एक खर्ब ३० अर्ब रुपैयाँ ऋण लिने भएको छ । जहाज खरिद गर्नका लागि सहुलियत ब्याजदरमा ऋण लिने निर्णय गरिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । 

“अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्नका लागि ए ३२० र ए ३३० जहाज खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको ब्याजदरभन्दा कममा ऋण लिइ ब्याज खर्चको भार कम गर्ने उद्देश्यले लोन स्वापका लागि ऋण लिने निर्णय गरिएको हो”, निगमले भनेको छ । 

यसका लागि यही माघ ४ गतेको निगम सञ्चालक समितिको बैठकले अन्तर्राष्ट्रिय आशयपत्र आह्वान गरिएको छ । प्राप्त हुने ऋणमध्येबाट नेपाल सरकार तथा सम्बन्धित निकायकोे स्वीकृति लिई मौजुदा लोन स्वाप गर्नका लागि,  निगमको १० वर्षे व्यवसायिक योजनाअनुसार आन्तरिक तथा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्ने जहाज खरिदका लागि र अन्तर्राष्ट्रिय स्तरको जहाज मर्मत सम्भार गर्ने ह्याङ्गर निर्माणका लागि लगानी गर्ने समेत निगमको योजना छ । 

उक्त सफ्टि ऋण एकै पटक नभई निगमको ब्यवसायिक लगानीको आवश्यकता अनुसार पटक–पटक लिईने र यसरी प्राप्तभए पश्चात् हाल निगमले वार्षिक रुपमा तिर्दै आएको करिब साढे तीन अर्ब ब्याज खर्चमा उल्लेख्य कटौती हुने निगमको दाबी छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal