काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सबाट रमेश भट्टराई बाहिरिएका छन् । प्रभु लाइफ र महालक्ष्मी लाइफ मर्जरपछि प्रमुख कार्यकारी अधिकृत बनेका भट्टराई कार्यकाल बाँकी रहदै बाहिरिएका हुन् ।
उनले सञ्चालक समिति समक्ष राजीनामा दिएका हुन् । प्रभु महालक्ष्मीको सञ्चालक समितिको बैठकले भट्टराईको राजीनामा स्वीकृत गरेको छ । प्रभु महालक्ष्मीले सिनियर कर्मचारीलाई लक्षित गर्दै स्वेच्छिक अवकाश योजना ल्याएको भएको छ ।
प्रतिक्रिया दिनुहोस्