Skip to content
Prabhu

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ललितपुरको सातदोबाटो र भैंंसेपाटीमा नयाँ शाखा

काठमाडौँ । ललितपुरमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि  २ वटा नयाँ शाखा विस्तार गरेको छ । सो बैंकले ललितपुर महानगरपालिका–१५ मा सातदोबाटो शाखा र ललितपुर महानगरपालिका–२५ मा भैंसेपाटी शाखा सञ्चालनमा ल्याएको हो । नयाँ शाखाहरुबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ । 

सो बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले नयाँ शाखाहरुको उद्घाटन गरे ।  कार्यक्रममा सिइओ पाण्डेले नयाँ शाखाहरुबाट ग्राहकहरुलाई गुणस्तरीय बैंकिङ सेवा तथा सुविधाहरु दिने बताए । बैंकले हालसालै बाराको सिमरा, काठमाडौंको शंखमूल र अनामनगरमा नयाँ शाखाहरु सञ्चालनमा ल्याएकोे थियो । 

बैंकले हाल देशभरिमा २ सय ६६ शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, १ सय १३ वटा शाखारहित बैंकिङ र २ सय ५७ वटा एटीएममार्पmत सेवा प्रदान गरिरहेको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal