Skip to content
Prabhu

अध्यागमनका कर्मचारीमाथि हातपात घटनामा छानबिन समिति गठन

 

काठमाडौं । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयका कर्मचारी र प्रहरीबीच भएको घटनाका सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ ।

आज दिउँसो भएको उक्त घटनाका सम्बन्धमा  छानबिन गर्नका लागि मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बाँस्तोला तथा सीमा तथा अध्ययागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसी सदस्य रहेको समिति गठन भएको हो । 

समितिलाई तीन दिनभित्र रायसहितको प्रतिवेदन पेस गर्न कार्यादेश छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal