Skip to content
Prabhu

सङ्खुवासभामा आगलागीबाट २० लाखको क्षति

 

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–२  लिम्दुसामा आगलागी हुँदा नगद २ लाखसहित  २० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

आगलागीबाट मकालु–२  लिम्दुसाका फुदोर्ची शेर्पाको घर जलेर नष्ट भएको वडाध्यक्ष छोपाल शेर्पाले जानकारी दिए । आगलागीबाट करिब २० लाखबराबरको क्षति भएको वडाध्यक्ष शेर्पाले बताए । 

आगलागीबाट दुई तोला सुन, २ लाख नगद, अन्न, लत्ताकपडासहितका सामान जलेर नष्ट भएको वडाध्यक्ष शेर्पाले बताए । गए राति खाना पकाउने ठाउँबाट सल्किएर आगो लागेको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal