Skip to content
Prabhu

टीसीएल इलेक्ट्रोनिक्स ४० भन्दा बढी अवार्डबाट सम्मानित

nabil

काठमाडौं । इलेक्ट्रोनिक्स कम्पनी टीसीएल इलेक्ट्रोनिक्सले ‘सीईएस २०२४’ मा आफ्नो उत्पादनहरूका लागि ४० भन्दा बढी अवार्डबाट सम्मानित भएको छ ।

सो टीसीएलको ११५–इन्च क्यूएम८९१ जी क्युडी–मिनी एलईडी टीभीलाई सन् २०२३–२०२४ ग्लोबल टप ब्रान्ड्स अवार्ड समारोहमा ‘इनोभेटिभ डिस्प्ले टेक्नोलोजी गोल्ड अवार्ड अफ द इयर’को नवीन डिस्प्ले टेक्नोलोजीका लागि मान्यता दिइएको छ ।

एसिया डिजिटल समूह र युरोपेली डिजिटल समूहद्वारा समर्थित यस कार्यक्रमले विश्वव्यापी उपभोक्ता इलेक्ट्रोनिक्स उद्योगमा टीसीएलको प्रख्याततालाई चिन्हित गरेको कम्पनीको भनाइ छ ।

उच्चस्तरीय टीभी, टीसीएलको स्मार्टफोन, एनएक्सटीपेपर ३.० डिस्प्ले टेक्नोलोजीसहितको ट्याब्लेट, रेनियोन एक्स–२ लाइट एआर ग्लासेस र क्यू क्लास साउन्डबारको पनि समारोहमा प्रशंसा भएको थियो ।

सो कम्पनीले २०२३–२०२४ ग्लोबल सिई ब्रान्ड्स टप १०, २०२३–२०२४ ग्लोबल टीभी ब्रान्ड्स टप १०, र २०२३–२०२४ ग्लोबल सीई ब्रान्ड्स टप ५० को रूपमा पनि चर्चा कमाएको कम्पनीले जनाएको छ ।

सीईएस २०२४ इनोभेसन अवार्ड ‘मोबाइल डिभाइस, एसेसरिज र एप्स’ टीसीएलको ४० एनएक्सटीपेपर स्मार्टफोनलाई प्रदान गरिएको थियो । यसबाहेक टीसीएलले अन्तर्राष्ट्रिय मिडिया आउटलेटहरूबाट ‘बेस्ट अफ सिइएस २०२४’ अवार्डहरू प्राप्त गरेको छ । कम्पनीका अनुसार यसले नवीन प्रविधिहरू र उत्कृष्ट उत्पादनमा आफ्नो प्रतिबद्धता देखाएको छ ।

टीसीएल इलेक्ट्रोनिक्सको उत्पादनहरू अहिले विश्वका १ सय ६० भन्दा बढी राष्ट्रमा उपलब्ध भएको कम्पनीले जनाएको छ । 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal